कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला

पाेखरा | फागुन २, २०८०

कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका नारायण भण्डारी मृत भेटिएका छन् । हिजो(मंगलबार) घाँस काट्न जंगल गएका ४३ वर्षीय भण्डारी राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार दिउँसो घरबाट घाँस काट्न निस्किएका भण्डारी रातिसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् । 


मृत भेटिएका भण्डारीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लिइएको कास्की प्रहरीले जनाएको छ । 


 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्